उपत्यकामा २५६ संक्रमित थपिँदा ललितपुरमा भने शून्य
काठमाडौं, असोज २ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये सबैभन्दा बढी काठमाडौंमा मात्रै २ सय...
काठमाडौं, असोज २ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये सबैभन्दा बढी काठमाडौंमा मात्रै २ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भक्तपुरमा १३ संक्रमित थपिँदा ललितपुरमा भने नयाँ संक्रमित भेटिएन।
मन्त्रालयका अनुसार पछिल्लोचोटि थपिएका सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ५५ पुगेको छ।
तीमध्ये काठमाडौंमा ३ हजार ५ सय ६१, भक्तपुरमा १ हजार २५ र ललितपुरमा १ हजार ७ सय ६९ सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: १७:५२ बजे, शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











