Kathmandu Press

अगामी चुनावसम्म सत्तारूढ गठबन्धन टुट्दैन : प्रचण्ड

जनकपुरधाम, असोज २ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले पाँच दलीय सत्तारूढ गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन्।प्रदेश २ स्तरीय कार्यकर्ता प्रशिक्षण...
अगामी चुनावसम्म सत्तारूढ गठबन्धन टुट्दैन : प्रचण्ड

जनकपुरधाम, असोज २ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले पाँच दलीय सत्तारूढ गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन्।

प्रदेश २ स्तरीय कार्यकर्ता प्रशिक्षण दिन आज (शनिबार) जनकपुर आएका उनले सत्तारूढ गठबन्धन गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको उल्लेख गर्दै उनले त्यो तत्काल नटुट्ने दाबी गरेका हुन्।

‘गठबन्धन बन्न नै नदिन चौतर्फी रूपमा षड्यन्त्र भएको थियो,’ उनले भने, ‘तर अब कुनै हालतमा गठबन्धन टुट्दैन। अगामी चुनावसँग यो गठबन्धन रहिरहन्छ।’

उनले आ असोज ४ गतेसम्म मन्त्रिमण्डल विस्तार हुने दाबी पनि गरे। केही प्राविधिक कठिनाइका कारण सरकार विस्तार हुन नसकेको उल्लेख गदैृ उनले अब भने सरकार गठन हुने परिस्थिति निर्माण भएको बताए।

प्रकाशित मिति: १७:४३ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्