एमसिसीबारे राष्ट्रिय सहमति आवश्यक : डा. कोइराला
विराटनगर, असोज २ : कांग्रेस नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे राष्ट्रिय सहमति बन्नुपर्नेमा जोड दिएका छन्।आज (शनिबार) विराटनगर विमानस्थलमा...
विराटनगर, असोज २ : कांग्रेस नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे राष्ट्रिय सहमति बन्नुपर्नेमा जोड दिएका छन्।
आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकनी गर्दै नेता कोइरालाले एमसिसीका सन्दर्भमा अहिलेसम्मका प्रधानमन्त्रीहरू एकै ठाउँमा बसेर सहमतिसहित अघि बढ्नुपर्ने बताए।
एमसिसी सम्झौता संविधानभन्दा माथि हुन नसक्ने र यो कुरा नेताहरूले सबैलाई बुझाउन जरुरी रहेको उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्रीहरु प्रधानमन्त्री हुँदा एमसिसी पास गर्नुपर्नेमा उभिने तर प्रधानमन्त्रीबाट हटेलगत्तै पछाडि सर्ने कारणले नेपाललाई अप्ठेरो परेको उनले बताए।
उनले एमसिसीकै कारण गठबन्धन परिवर्तन हुन सक्ने सम्भावना पनि औंल्याए।
नेता कोइरालाले १४औं महाधिवेशनमा संस्थापन पक्षबाट साझा उम्मेदवार बनाएर अघि बढ्ने जानारी पनि दिए।
प्रकाशित मिति: १७:३१ बजे, शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











