सुनीता बराल बनिन् अनेरास्ववियु अध्यक्ष
काठमाडौं, असोज २ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन्।आज (शनिबार) भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्षको जिम्मेवारी दिएको हो।अध्यक्ष...
काठमाडौं, असोज २ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन्।
आज (शनिबार) बसेको अनेरास्ववियु केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्षको जिम्मेवारी दिएको हो।
अध्यक्ष रहँदै आएका ऐन महरले विद्यार्थी संगठनबाट बिदा लिएपछि बराललाई अध्यक्ष बनाइएको हो।
महरसहित अन्य केही पदाधिकारीले पनि संगठनबाट बिदा लिएका थिए। तिनका ठाउँमा पनि पदाधिकारी चयन गरिएको छ।
जसअनुसार उपाध्यक्षमा कल्पना वाइबा र महासचिवमा समिक बडाललाई चयन गरिएकाे छ।
प्रकाशित मिति: १६:५९ बजे, शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











