Kathmandu Press

भारतमा थप ३५ हजार बढीमा कोरोना संक्रमण पुष्टि 

नयाँ दिल्ली, असोज २ : भारतमा थप ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।   सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४...
भारतमा थप ३५ हजार बढीमा कोरोना संक्रमण पुष्टि 

नयाँ दिल्ली, असोज २ : भारतमा थप ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।   

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।  

सोही अवधिमा २१८ जनाको संक्रमितको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा अहिले पनि संक्रमितहरुको संख्या तीन लाख ४० हजार ६३९ रहेको छ। यो संख्या घट्दै गएको देखिएको छ। 

त्यसैगरी अहिलेसम्म संक्रमणमुक्त भएकाहरूको संख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ। 

गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार २७३जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। ती मध्ये १४ लाख ४८  हजार ८३३ जनाको शुक्रबार परीक्षण गरिएको हो।

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, असोज २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्