Kathmandu Press

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

काठमाडौं, असोज २ : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातानुकुलित दुई विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ।

यही असोज १ गते शुक्रबारदेखि आफ्नो नियमित उडान सुरु गरेको कम्पनीले आन्तरिक विमानस्थलमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

Hardik ivf

नेपालीको महान् चाड दशैँ, तिहारलगायत चाडलाई लक्ष गर्दै उक्त एयरलाइन्सले दशैँको मुखमा उडान सञ्चालन गरेको हो। यात्रुलाई सुरक्षित र भरपर्दो सेवा दिन तयार रहेको र यसका लागि कुनै कसर बाँकी नराख्ने कम्पनीका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए।

कोभिड महामारीकाबीच आफूहरु पनि यात्रुलाई सेवा दिन तयार रहेको र वर्तमान हवाई भाडादरको चर्को प्रतिस्पर्धामा कम्पनी पनि उत्रेर गुणस्तरीय सेवा प्रदान गरिने उनको भनाइ थियो।

आफ्ना १८ सिट क्षमताका दुई बिचक्राफ्ट र थप गरिएका ३० सिटे पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ। 

सुरुआती उडान काठमाडौंबाट पोखरा र भरतपुर (चितवन) गरिएकामा  केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङ्टार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाएको जनाइएको छ। 
 

प्रकाशित मिति: १५:१५ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्