Kathmandu Press

रुकुमपूर्व नयाँ ट्रयाक खोलियो

रुकुमपूर्व नयाँ ट्रयाक खोलियो

रुकुमपूर्व, असोज २ : सडक पूर्वाधार विकास कार्यालयले हालसम्म जिल्लामा २० किलोमिटरभन्दा बढी सडकका नयाँ ट्रयाक खुलाइएको छ। विसं २०७६ पुस २४ मा जिल्लामा स्थापना भएको कार्यालयले हालसम्म २० किलोमिटर ४० मिटर सडकका नयाँ ट्रयाक खुलाएको हो। 

यसैगरी १५ किलोमिटर ६४ मिटर सडक स्तरोन्नति गरिएको  कार्यालयका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले जानकारी दिए। उनका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिकाका सल्ली, बिसौना, काग्खोला र तीपई दोभानमा १२० मिटरभन्दा लामा तीन झोलुङ्गे पुल निर्माण गरिएको र भूमे गाउँपालिकाको दोमै दोभानको एउटा झोलुङ्गे पुलको मर्मत गरिएको छ । 

Hardik ivf

चार वटा सडक पुल निर्माणाधीन अवस्थामा रहेका र सिस्ने  तथा भूमेको सिमाना बालुमा पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको कार्यालय प्रमुख महत्रा क्षेत्रीले बताए। 

आर्थिक वर्ष २०७२÷७३ मै काम सुरु भए पनि अलपत्र रहेका ८० मिटर पुलको  जिल्लामै कार्यालय स्थापना भएपछि ९० प्रतिशत काम भइसकेको र रुकुमगाड खोलामा २५ मिटर लामो  पुलको ५० प्रतिशत काम भएको छ भने  सिस्ने गाउँपालिका–७ को नाथिगाड खोला र भूमे गाउँपालिकास्थित थबाङ खोलामा निर्माण हुने पुलको सम्झौतासमेत भइसकेको कार्यालयले जनाएको छ।

सम्पन्न भइसकेका र निर्माणाधीन अवस्थामा रहेका सहित हालसम्म योजनाका सङ्ख्या ३५ छ। आव २०७६÷७७ र २०७७÷७८ मा गरी रू ३६ करोड ७५ लाख २७ हजार बजेट विनियोजन भएकामा अहिलेसम्म रू २७ करोड ९३ लाख ७२ हजार रुपैयाँ खर्च भइसकेको जनाइएको छ। यस्तै चालूतर्फ रू एक करोड २६ लाख ९८ हजार बजेट विनियोजन भएकामा रू ९८ लाख ४१ हजार खर्च भएको छ।
 

प्रकाशित मिति: १४:३७ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्