Kathmandu Press

कोरोनाबाट स्याङ्जामा १२१ को मृत्यु 

स्याङ्जा, साउन २ : कोभिड–१९ को संक्रमणबाट हालसम्म स्याङ्जाका १२१ जनाको मृत्यु भएको छ। कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट जिल्लामा ६१ पुरुष र...
कोरोनाबाट स्याङ्जामा १२१ को मृत्यु 

स्याङ्जा, साउन २ : कोभिड–१९ को संक्रमणबाट हालसम्म स्याङ्जाका १२१ जनाको मृत्यु भएको छ। कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट जिल्लामा ६१ पुरुष र ३७ महिलाको ज्यान गएको हो भने अन्यको उपचारका क्रममा जिल्लाबाहिर मृत्यु भएको हो।

एघार स्थानीय तहमध्ये सबैभन्दा बढी वालिङ नगरपालिकामा कोरोना सङ्क्रमणबाट २७ जना जनाको मृत्यु भएको छ। सबैभन्दा कम फेदीखोला गाउँपालिकामा एकको ज्यान गएको छ। 

यस्तै कोरोनाबाट गल्याङ नगरपालिकामा २६, पुतलीबजारमा १४, कालीगण्डकी गाउँपालिकामा सात, अर्जुनचौपारी र हरिनासमा ६÷६, भीरकोट नगरपालिकामा पाँच, चापाकोटमा तीन तथा आँधीखोला र बिरुवा गाउँपालिकामा दुई दुुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिए।

जिल्लामा शुक्रबारसम्म तीन हजार ७२८ पुरुष र तीन हजार १० महिला सङ्क्रमित भएका छन् । हाल जिल्लामा ९८ पुरुष र ८१ महिला गरी १७९ सक्रिय सङ्क्रमित छन् । हालसम्म तीन हजार ५६८ पुरुष र दुई हजार ८९१ महिला निको भई घर फर्किएका शर्माले जानकारी दिए। 

जिल्लामा हाल १७७ सङ्क्रमित होम आइसोलेसनमा छन् । जिल्लामा हालसम्म ७९ हजार ९८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ६१ हजार नौ जनाले खोपको पूर्ण मात्रा लगाएका छन्। 
 

प्रकाशित मिति: १२:११ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्