Kathmandu Press

कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ मा हुने

काठमाडौं, असोज २ : नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको...
कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ मा हुने

काठमाडौं, असोज २ : नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ। 

सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो। 

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए। 

काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन्। काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन्। काठमाडौंमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन्। 
 

प्रकाशित मिति: ०९:४२ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्