Kathmandu Press

बदेल धपाउन खेतमा थापेको पासोमा परि तीन जनाको मृत्यु

बर्दिया, असोज २ : जंगली बँदेल धपाउन छिमेकीले धान खेतमा थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।गएराति बर्दियाको...
बदेल धपाउन खेतमा थापेको पासोमा परि तीन जनाको मृत्यु

बर्दिया, असोज २ : जंगली बँदेल धपाउन छिमेकीले धान खेतमा थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

गएराति बर्दियाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा खेतमा थापाको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार राति खेतमा पानी हेर्न गएका वेला ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुका छिमेकीले राजबहादुर शाहीले बँदेल धपाउन धान खेतमा विद्युतीय पासो राखेका थिए। त्यहाँबाट करेन्ट प्रवाह भएर उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ।

धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए।

धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पुर्‍याउन गरेका थिए। त्यसबाट रोक्न करेन्ट प्रवाह गरिएको थियो। करेन्ट लागेर यसअघि एक युवकको पनि ज्यान गएको थियो।

प्रकाशित मिति: ०९:१८ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्