आज पनि देशभर वर्षाको सम्भावना
काठमाडौं, असोज २ : आज देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर प्रदेश...
काठमाडौं, असोज २ : आज देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदलीसहित वर्षाको सम्भावना रहेको छ। अहिले पनि अधिकांश स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली सहित बागमती प्रदेशका धेरै स्थानमा तथा प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।
त्यस्तै, आज राति पनि प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
केही दिनदेखि देशभर वर्षा भइरहेको छ। पहिरो र बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।











