Kathmandu Press

नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य

काठमाडौं, असोज १ : ओमानमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्धको दोस्रो खेलमा खराब ब्याटिङ गरेको छ।अल अमेरात क्रिकेट मैदानमा जारी...
नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य

काठमाडौं, असोज १ : ओमानमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्धको दोस्रो खेलमा खराब ब्याटिङ गरेको छ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई १७५ रनको सामान्य लक्ष्य दिएको छ।

टस हारे पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १७४ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५५ रन बनाए।

एकदिवसीय क्रिकेटमा तेस्रो अर्धशतक बनाउने क्रममा मल्ले १०५ बल खेल्दै ३ चौका प्रहार गरे। उनले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे भने पाँचौं विकेटका लागि गुल्सन झासँग ५१ रनको साझेदारी गरेका थिए।

नेपालका लागि कुशल भुर्तेलले ३६ रन बनाउँदा डेब्यू खेलमा गुल्सन झाले २८ रनको योगदान दिए। यस्तै, विनोद भण्डारी १० रनमा आउट हुँदा आफिस सेख ३, कुशल मल्ल डकआउट भए भने सोमपाल कामीले २ रन मात्र बनाउन सके।

यस्तै, करण केसीले १२, सन्दीप लामिछानेले ११ र सुशन भारीले २ रन बनाए।

अमेरिकाका कप्तान सौरभ नेत्रवाल्करले ४ विकेट लिए भने डेब्यू खेलाडी कायल फिलिप्स ३ विकट लिए।

प्रकाशित मिति: १९:५० बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्