Kathmandu Press

मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालन

गोरखा, असोज १ : नेपालकै प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिने गोरखाको मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ।चार महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला...
मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालन

गोरखा, असोज १ : नेपालकै प्रसिद्ध धार्मिकस्थलको रुपमा चिनिने गोरखाको मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ।

चार महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएसँगै कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गरेर मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए।

Hardik ivf

हेल्थडेक्सबाट नियमित रुपमा मन्दिरका पुजारी, सुरक्षाकर्मी तथा मन्दिर परिसरमा नियमित काम गर्ने अन्य कर्मचारीको दैनिक स्वास्थ्य परीक्षण गरिँदै आएको उनले बताए। टाढाटाढाबाट आउने भक्तजनसँग पुजारी, सुरक्षाकर्मी र कर्मचारी नियमित सम्पर्कमा रहने हुँदा कोरोनाको जोखिम बढी भएकाले स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको उनको भनाइ छ।

त्यस्तै मन्दिरमा आउने भक्तजनको स्वास्थ्यमा समस्या देखिएमा तत्काल स्वास्थ्य परीक्षण गर्ने व्यवस्था हेल्थडेक्सबाट गरिएको छ। बाहिर जिल्लाबाटसमेत भक्तजन मन्दिरमा पूजा गर्न आउन सुरु भएको छ।

कोरोना सङ्क्रमणको जोखिम अझै उच्च रहेकाले मन्दिरमा आउने भक्तजनहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्ने, मास्क नलगाई आउने भक्तजनहरुलाई मास्क लगाउन लगाउने काम पनि हेल्थ डेक्सबाट गरिदै आएको उनले बताए।

मास्क नलगाई आउने भक्तजनलाई गाउँपालिकाले मन्दिर परिसरभित्रै निःशुल्क मास्क उपलब्ध गराउने गरेको छ। दैनिक हेल्थडेक्समा एक स्वास्थ्यकर्मी नियमित रुपमा रहने व्यवस्था गाउँपालिकाले मिलाएको छ। हेल्थडेक्सबाट ज्वरो नाप्ने, रुघाखोकीको समस्या भएमा तत्काल अन्य भक्तजनबाट छुट्टै राखेर उपचार गर्ने व्यवस्था गरिएको छ।

तेस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम बढिरहेका बेला मन्दिर व्यवस्थापन समितिले सङ्क्रमणबाट सुरक्षित रहनका लागि मन्दिर परिसरमा आउने भक्तजनलाई भौतिक दूरी कायम गर्न तथा स्वास्थ्य मापदण्डको पालना गर्न सचेत गराउँदै आएको छ । गएको वैशाख २३ गतेदेखि बन्द गरिएको मनकामना मन्दिर यही भदौं २३ गतेबाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो। (रासस)

प्रकाशित मिति: १९:४१ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्