Kathmandu Press

विभिन्न ठाउँमा तीन जना मृत अवस्थामा फेला

विभिन्न ठाउँमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं, असोज १ : शुक्रबार देशको विभिन्न ठाउँमा मृत अवस्थामा तीन जना फेला परेका छन्। 

नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका १ मा एक जना मृत अवस्थामा फेला परेका छन्। ४८ वर्षीय पूर्ण बहादुर पुन धारा चोकस्थित धानबारीमा मृत अवस्थामा फेला परेका हुन्।

Hardik ivf

त्यस्तै, सिन्धुली, दुधौली नगरपालिका ११ तल्लो धनसरीस्थित कमला खोलाको किनारमा एक जना मृत अवस्थामा फेला परेका छन्।

हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

त्यस्तै, झापा, बिर्तामोड नगरपालिका ५ स्थित कृषिथोक बजारको गेट छेउमा एक जना मृत अवस्थामा फेला परेका छन्। हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:३९ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्