सुदूरपश्चिममा एकीकृत समाजवादीका तामाङ अर्थमन्त्री, बोहरा राज्यमन्त्री
नवगठित नेकपा (एकीकृत समाजवादी) का दुई नेता मन्त्री बनेका छन्। तारा लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्री र माया तामाङ बोहरालाई सोही मन्त्रालयकी राज्यमन्त्री नियुक्त गरिएको हो।
काठमाडौं, असोज १ : नवगठित नेकपा (एकीकृत समाजवादी) का दुई नेता मन्त्री बनेका छन् । तारा लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्री र माया तामाङ बोहरालाई सोही मन्त्रालयकी राज्यमन्त्री नियुक्त गरिएको हो ।
दुवैजनालाई शुक्रबार साँझ सपथ ग्रहण गराइएको छ । मन्त्री तामाङ कञ्चनपुरबाट एमालेबाट प्रदेशसभामा निर्वाचित भएका थिए भने बझाङकी बोहरा समानुपातिक सांसद थिएन् ।
पार्टी विभाजनपछि दुवैले एमाले छाडेर एकीकृत समाजवादी रोजेका थिए । एकीकृत समाजवादी गठनपछि पदबाट राजीनामा दिएका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजको ठाउँमा उनीहरूलाई नियुक्त गरिएको हो ।
प्रकाशित मिति: १९:१४ बजे, शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











