मुख्य न्यायाधिवक्ता थपलिया लिए सपथ
हेटौडा, साउन १२ : प्रदेश ३ का मुख्यन्यायाधीवक्ता ओमप्रकाश थपलियाले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख....

हेटौडा, साउन १२ : प्रदेश ३ का मुख्यन्यायाधीवक्ता ओमप्रकाश थपलियाले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख कार्यालयको सभाकक्षमा आज आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले शपथ खुवाए।
यसअघिका मुख्यन्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएपछि थपलियालाई यही साउन ८ गते नियुक्त गरिएको थियो।
प्रकाशित मिति: १४:५८ बजे, आइतबार, साउन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार