असोज १० देखि अग्रिम टिकट बुकिङ खुला गरिने
काठमाडौं, असोज १ : दसैंका लागि काठमाडौंबाट बाहिरिनेलाई लक्षित गरेर असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।दसैँका लागि काठमाडौं उपत्यकाबाट...
काठमाडौं, असोज १ : दसैंका लागि काठमाडौंबाट बाहिरिनेलाई लक्षित गरेर असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।
आज (शुक्रबार) यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ असोज १० गतेदेखि खुलाउने निर्णय गरेको हो ।
यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गराउन पटकपटक प्रस्ताव गरे पनि भाडाको विषयले राेकिएको थियो।
यातायात व्यवस्था विभागमा आज भएको बैठकमा पनि भाडाको विषयमै कुरा मिल्न सकेको थिएन।
व्यवसायीले अडान लिँदालिँदै पनि यात्रुहरूको सहजतालाई मध्यनजर गरेर बुकिङ खुला गर्ने निर्णय गरेको सार्वजनिक यातायात व्यवसायी महासंघले जनाएको छ।
तर अग्रिम टिकट खुलाउने विष्यमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने अहिलेसम्म सहमत भएकाे छैन।
प्रकाशित मिति: १८:०१ बजे, शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











