Kathmandu Press

कोरोना नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण  : मन्त्री थापा

पाेखरा, असोज १ : गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापी रुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण...
कोरोना नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण  : मन्त्री थापा

पाेखरा, असोज १ : गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापी रुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पताल प्रयोगशाला अन्तर्गत सेवा विस्तारको आज उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।

अस्पतालले छोटो समयमा स्वास्थ्यको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले भने, ‘नविनतम प्रविधिको जडानसहित प्रयोगशालामार्फत जनतालाई अस्पतालले दिएको स्वास्थ्य सेवा महत्वपूर्ण छ।’

प्रदेशसभा सदस्य कृष्ण थापाले मातृशिशु मितेरी अस्पतालको निर्माणमा हालसम्म १८ करोड लगानी भएको जानकारी दिए। उनले अब अस्पतालमा १०० शय्या व्यवस्थापन गर्न लाग्नुपर्नेमा जोड दिँदै यस अस्पतालमा नर्सिङ कलेजको स्थापना गरे शिशु र आमाको उपचार सेवामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले मातृशिशु मितेरी अस्पतालमा आमा र नवजात शिशुको उपचार गरिने जानकारी दिँदै हाल ५५ शय्यामार्फत निःशुल्करुपमा बिरामीको उपचार भइरहेको बताए।

‘२० शय्याको कोभिड वार्डको व्यवस्थापन गरी निःशुल्क उपचार दिइरहेका छौं,’ उनले भने, ‘अब दन्त रोग सेवासमेतलाई विस्तार गरिने योजना रहेको छ।’

कार्यक्रममा पोखरा १६ का वडाअध्यक्ष जीवन आचार्य, वरिष्ठ इन्जिनीयर महेन्द्र गोदार र शारदा मोहन काफ्लेलगायतले जनस्वास्थ्यका लागि अस्पतालको भूमिकाबारे चर्चा गरेका थिए।

प्रकाशित मिति: १७:४३ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्