Kathmandu Press

उपत्यकामा थपिए ३ सय ९७ जना कोरोना संक्रमित 

काठमाडौं, असोज १ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २ सय ७४, भक्तपुरमा ५३ र...
उपत्यकामा थपिए ३ सय ९७ जना कोरोना संक्रमित 

काठमाडौं, असोज १ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा २ सय ७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार पछिल्लोचोटि थपिएका सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ४४ पुगेको छ।

तीमध्ये काठमाडौंमा ३ हजार ५ सय ५२, भक्तपुरमा १ हजार ६८ र ललितपुरमा १ हजार ८ सय २४ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्