Kathmandu Press

देशभरिमा थपिए १,५५८ संक्रमित, १० जनाको मृत्यु

८,६६५ जनामा गरिएको पिसिआर परीक्षणबाट १,०८६ र ३,७२० जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभरिमा थपिए १,५५८ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, असोज १ : पछिल्लो २४ घन्टामा देशभरिमा १,५५८ जना कोरोना संक्रमित थपिएका छन्।

८,६६५ जनामा गरिएको पिसिआर परीक्षणबाट १,०८६ र ३,७२० जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८३,०७५ जनामा र एन्टिजेन परीक्षणबाट ८८,६५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालया अनुसार सोही अवधिमा १,३५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,४६,५६६ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्युहुनेको संख्या ११,०१२ पुगेको छ।

अहिले देशभरिमा २५,४९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्