Kathmandu Press

भारतमा ३४,४०३ जना कोरोना सङ्क्रमित थपिए

भारतमा ३४,४०३ जना कोरोना सङ्क्रमित थपिए

नयाँ दिल्ली, असोज १ : गत २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ।

यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।  

पछिल्लो एक दिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको जनाइएको छ। कोरोना शुरु भएदेखि हालसम्म यहाँ कोरोना सङ्क्रमणबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको शुक्रबार जनाइएको छ।

हालका दिनहरुमा कोरोना सङ्क्रमण र मृत्यु भएका प्रायः  व्यक्ति भारतको दक्षिणी राज्य केरलामा रहेका छन्। 

हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन्। गत २४ घण्टामा ३७ हजार ९५० जना कोरोना मुक्त भएका छन्।

कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४२४ जना कोरोना मुक्त भएका छन्। 

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, असोज १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्