Kathmandu Press

एनएमबीको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं, साउन १२ : एनएमबी बैंकले पूँजी बजारका लागि संचालन गरेका दुई वटा योजनाले १० प्रतिशत माथि लाभांश दिने भएको छ।

पूँजी बजारमा खासै उत्सा....

एनएमबीको १० प्रतिशत लाभांश घोषणा
काठमाडौं प्रेस

काठमाडौं, साउन १२ : एनएमबी बैंकले पूँजी बजारका लागि संचालन गरेका दुई वटा योजनाले १० प्रतिशत माथि लाभांश दिने भएको छ।

पूँजी बजारमा खासै उत्साह नदेखिएका बेला एनएमबी बैंकले आफ्नो म्युचुअल फण्ड अन्तरगत संचालित ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट ईकाई धनीहरुलाई १० प्रतिशत माथि लाभांश वितरण गर्ने घोषणा गरेको हो।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ का ईकाई धनीहरुलाई १५ प्रतिशत र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ का ईकाई धनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए। आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत घोषणा गरी आगामी कात्तिक ३ गते लागू हुने जनाएको छ।

७५ करोड रहेको ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ पाँच वर्षे योजना हो। त्यसैगरी ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ ले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

एनएमबी क्यापिटलले प्रवर्द्धन गरेको यी दुई सामूहिक योजना सात वर्षे योजना हो। दुवै योजनाको पूँजीको आकार एक अर्व रहेको छ।

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, साउन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्