Kathmandu Press

अफगानिस्तान चलाउन तालिबानलाई समय दिनुपर्छ : पाक मन्त्री

अफगानिस्तान चलाउन तालिबानलाई समय दिनुपर्छ : पाक मन्त्री

इस्लामाबाद, असोज १ : पाकिस्तानका गृहमन्त्री शेख रसिद अहमदले तालिबानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताएका छन्।

बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय  शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उनले यो टिप्पणी गरेको पाकिस्तानी दैनिक पत्रिका  ‘डन’ ले जनाएको छ। 

Hardik ivf

सो भेटका क्रममा अफगान नागरिकहरुको मानवीय सहायतासम्बन्धी मामिला र अफगानिस्तानबाट विस्थापित हुन चाहाहेका व्यक्तिहरुको विषयमा छलफल भएको बताइएको छ।

तालिबानले गत साता अन्तरिम ‘इस्लामिक इमिरेट’ गठन गरी कट्टरपन्थीहरुलाई नयाँ सरकारमा नियुक्त गरेको थियो। यस सरकारले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको विरुद्ध २० वर्षको लडाइँको निरीक्षण गरेका थिए।

अफगानिस्तान तालिबानले कब्जा गर्दा इस्लामाबादको सहयोग रहेको धेरै विशेषज्ञहरुको भनाइ रहेको बताइन्छ। यद्यपि अन्तर्राष्ट्रिय समुुदायले अफगानिस्तानका लागि मानवीय सहायता बढाएका छन्। तर उनीहरु तालिबान सरकारलाई मान्यता भने दिएका छैनन्। 

ग्रान्डीले देशभित्र र विदेश पलायन भएका अफगानी शरणार्थीहरु कोलागि  ‘तत्काल र निरन्तर’ समर्थनका लागि यस हप्ताको सुरुमा अपिल गरेका छन्। ‘अफगानिस्तानमा मानवीय स्थिति नाजुक छ,’ ग्रान्डीले अफगानिस्तानको तीन दिनै भ्रमणको समापनपछि बुधबार भनेका थिए। 

विश्वव्यापी रुपमा प्रभाव पर्ने एक ठूलो मानवीय संकटको रोकथाम गर्न अन्तर्राष्ट्रिय समुदायलाई  अफगानिस्तानसंग संलग्न हुनुपर्ने ग्रान्डीले बताएका छन्।

प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्