Kathmandu Press

एक साताभित्र सरकारले पूर्णता पाउँछ : अध्यक्ष नेपाल

काठमाडौं, असोज १ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताएका छन्। पार्टीको मीनभवनस्थित केन्द्रीय कार्यालयको आज...
एक साताभित्र सरकारले पूर्णता पाउँछ : अध्यक्ष नेपाल

काठमाडौं, असोज १ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताएका छन्। 

पार्टीको मीनभवनस्थित केन्द्रीय कार्यालयको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सोधेका प्रश्नका जवाफका बारेमा छलफल भइरहेको बताए।

नेपालले पञ्चशीलको सिद्धान्त अवलम्बन गर्दै आएकाले असंलग्न परराष्ट्र नीतिअनुसार नै अघि बढ्ने उहाँको भनाइ थियो। ‘जग्गाको स्वामित्वमा नेपालको सार्वभौम अधिकार रहने र यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तीमा नेपालको अधिकारको सुनिश्चितता चाहन्छौं,’ अध्यक्ष नेपालले भने।

उनले परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा जोड दिँदै कुनै सैन्य सङ्गठन तथा सुरक्षा छाताभित्र नरहने र नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने विचार व्यक्त गरे। 

एकीकृत समाजवादीले दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि काठमाडौं महानगरपालिका–३१ स्थित उक्त कार्यालय आजदेखि प्रयोगमा ल्याएको हो । 

सचिवालय सदस्य जीवनराम श्रेष्ठले कार्यालय स्थापना भएपछि पार्टीको राजनीतिक गतिविधि र बैठक सञ्चालनका लागि महत्वपूर्ण दस्तावेजलगायत कागजात व्यवस्थित रुपमा अभिलेख गरिने बताए। 

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्