भरुवा बन्दुकसहित एकजना पक्राउ
मोरङ, असोज १ : मोरङमा भरुवा बन्दुक सहित एकजना पक्राउ पक्राउ परेका छन्।मिक्लाजुङ गाउँपालिका–५ बस्ने ४३ वर्षीय जगत बहादुर लिम्बुलाई २ नाल भरुवा...
मोरङ, असोज १ : मोरङमा भरुवा बन्दुक सहित एकजना पक्राउ पक्राउ परेका छन्।
मिक्लाजुङ गाउँपालिका–५ बस्ने ४३ वर्षीय जगत बहादुर लिम्बुलाई २ नाल भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी टाडी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी लिम्बुलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












