Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ, असोज १ : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनारलाई बुधबार...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ, असोज १ : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।  

सुनार र सोही उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय उमेश विकले ती बालिकालाई सोही ठाउँस।थित एक कटेजको कोठामा लगि पालैपालो सामूहिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो। 

उनीउपर जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको खोजी भइरहेको प्रहरीको भनाइ छ।
 

प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्