Kathmandu Press

यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु

यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु

आदेन, असोज १ : यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि २५ जना हुथी विद्रोही र २० जना यमनी सैनिकको ज्यान गएको छ।

यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो। उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो। 

यमनमा कतिपय नगरहरु हुथी विद्रोहीहरुले कब्जा गर्दै आएपछि सो मध्यक्षेत्रमा पनि उनीहरुले प्रभाव बढाउन थालेका छन्। यही सूचनाको आधारमा यहाँको सेनाले सो क्षेत्रमा कारबाही अघि बढाएको थियो। त्यसक्रममा भएका भिडन्तमा परेर ती सैनिक विद्रोही मारिएका हुन्।
 
उता विद्रोहीहरुले पनि सेनामाथि आक्रमण गरेका थिए। त्यसक्रममा कम्तीमा पनि २० जना यमनी सैनिक मारिएका बताइएको छ। सो क्षेत्रमा केही समय यतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ। 

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, असोज १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्