Kathmandu Press

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको काठमाडौं आलोकनगरस्थित केन्द्रीय कार्यालय उद्घाटन गरेका छन् ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन

काठमाडौं, असोज १ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको काठमाडौं आलोकनगरस्थित केन्द्रीय कार्यालय उद्घाटन गरेका छन् ।

पूजा थापा बस्नेतको नाममा रहेको तीनतले घर उक्त पार्टीले मासिक तीन लाख रुपैयाँ भुक्तानी दिने गरी भाडामा लिएको हो । सँगै निर्माणाधीन अर्को घर पनि पार्टीले भाडामा लिएको छ ।

पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले सकारात्मक सोच राख्ने सबै शक्तिसँग आफूहरूले हातेमालो गर्ने र पाँचदलीय गठबन्धनलाई आगामी स्थानीय तह, प्रदेश र संघीय चुनावसम्मै कायम राखिने बताए ।

एमालेबाट विभाजित भएर स्थापना भएको नेकपा (एकीकृत समाजवादी) गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

प्रकाशित मिति: ११:५९ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्