विप्लव माओवादीको केन्द्रीय समिति बैठक बन्दीपुरमा सुरु
काठमाडाैं, अजाेस १ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटी बैठक तनहुँको बन्दीपुरमा सुरु भएको छ । खुला राजनीतिमा आएपछि...काठमाडाैं, अजाेस १ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटी बैठक तनहुँको बन्दीपुरमा सुरु भएको छ । खुला राजनीतिमा आएपछि पहिलो केन्द्रिय समिति बैठक असोज ५ गतेसम्म चल्ने छ बताएको छ।
बैठकमा पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा,रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी छन्।
बैठकमा सहभागी हुन महासचिव विप्लव बिहीबार नै बन्दीपुर पुगेका थिए । नेताहरुको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवाहरुलाई खटाइएको छ।
प्रकाशित मिति: १०:५६ बजे, शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











