Kathmandu Press

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आउँदै 

काठमाडौं, असोज १ : सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको...
चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आउँदै 

काठमाडौं, असोज १ : सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।

उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो । निगमका अनुसार खोप आज दिउँसो काठमाडौं आइपुग्ने छ ।

चीनसँग खरिद गरिएको उक्त खोप  दिउँसो नेपाल आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने बुझिएको छ । सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ ।

नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ०८:५२ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्