Kathmandu Press

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो 

काठमाडौं, भदौ ३१ : नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ११ जनाको...
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो 
Hardik ivf

काठमाडौं, भदौ ३१ : नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार २ जना पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार एक सय ७९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा थप १५ सय ११ जना संक्रमित भेटिएका छन्।

जसअनुसार काठमाडौंमा दुई सय ९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ गरी उपत्यकाभित्र कुल चार सय ३० जना संक्रमित भेटिएका छन्। हाल देशभर २५ हजार ७७ सय २ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १९:४२ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्