Kathmandu Press

४४ लाख डोज खोप लिन निगमको जहाज आज राति चीन जाने

काठमाडौं, भदौ ३१ : सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ। खोप ल्याउन आज (बिहीबार) राति ११ बजे...
४४ लाख डोज खोप लिन निगमको जहाज आज राति चीन जाने

काठमाडौं, भदौ ३१ : सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ। खोप ल्याउन आज (बिहीबार) राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खरिद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिए। सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ।

Hardik ivf

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताए। उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउनेछ। 

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ। सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ।

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्