Kathmandu Press

प्रदेश १ को अधिवेशन आह्वान

विराटनगर, भदौ ३१ : प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ।    संविधानको धारा १८३...
प्रदेश १ को अधिवेशन आह्वान

विराटनगर, भदौ ३१ : प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ।
    
संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन्। 

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्