Kathmandu Press

देशभर थपिए १,५११ संक्रमित, १,६८९ जना संक्रमणमुक्त, ११ को मृत्यु 

११,२०८ जनामा गरिएको पिसिआर परीक्षणबाट १,१६५ र ३,९७१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर थपिए १,५११ संक्रमित, १,६८९ जना संक्रमणमुक्त, ११ को मृत्यु 

काठमाडौं, भदौ ३१ : पछिल्लो २४ घन्टामा देशभरिमा १,५११ जना कोरोना संक्रमित थपिएका छन्।

११,२०८ जनामा गरिएको पिसिआर परीक्षणबाट १,१६५ र ३,९७१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८१,९८९ जनामा र एन्टिजेन परीक्षणबाट ८८,१८७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालया अनुसार सोही अवधिमा १,६८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,४५,२१५ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्युहुनेको संख्या ११,००२ पुगेको छ।

अहिले देशभरिमा २५,७७२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:०० बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्