Kathmandu Press

पार्टीको लोकप्रियता कम भए पनि चुनाव जित्ने पुटिनको दाबी

पार्टीको लोकप्रियता कम भए पनि चुनाव जित्ने पुटिनको दाबी

मस्को भदौ ३१ : रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदैछ। केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन्।

यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ। युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि निर्माण गरेका हुन्। उनले यस पार्टीलाई प्रमुख संसदीय शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित स्थापना गरेका थिए। 

Hardik ivf

वर्तमान रुसी सत्ताको सबैभन्दा चर्को आलोचक एलेक्सी नाभाल्नीलाई गत जनवरीमा जेल सजाय दिइएपछि युनाइटेड रसिया पार्टीमाथि उनले तीव्र आक्रोश जनाएका छन्। त्यसलगत्तै नाभाल्नीको पार्टीका देशभरका राजनीतिक कार्यालयहरु तोडफोड गरियो।

युनाइटेड रसिया पार्टीलाई बहुमत जनताको समर्थन रहेको दाबी गरे पनि यस पार्टीप्रति आम जनताको समर्थन खस्कँदै गएपछि सत्तारुढ नेताहरुलाई टाउको दुखाई भएको छ। 

आफ्नो छविमा सुधार ल्याउन राष्ट्रपति पुटिनले आफ्ना सबैभन्दा लोकप्रिय मन्त्रीहरु विदेशमन्त्री सर्गेई लाभरोभ र रक्षा मन्त्री सेर्गेई शोइगुलाई पार्टीे अभियानको नेतृत्व गर्ने जिम्मा दिउका छन्। सर्वेक्षणहरुले यस पटकको संसदीय निर्वाचनमा ३० प्रतिशतभन्दा कम मात्र मतदान हुने देखाएका छन्।

प्रकाशित मिति: १५:०२ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्