Kathmandu Press

संविधान र लोकतन्त्रकाे रक्षाका लागि मुलुक चुनावमा जानुपर्छ : टोपबहादुर रायमाझी

काठमाडौं, भदौ ३१ : एमाले नेता टोपबहादुर रायमाझीले संविधान र लोकतन्त्रकाे रक्षाका लागि मुलुक चुनावमा जानुपर्ने बताए। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...
संविधान र लोकतन्त्रकाे रक्षाका लागि मुलुक चुनावमा जानुपर्छ : टोपबहादुर रायमाझी

काठमाडौं, भदौ ३१ : एमाले नेता टोपबहादुर रायमाझीले संविधान र लोकतन्त्रकाे रक्षाका लागि मुलुक चुनावमा जानुपर्ने बताए। 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अब कुन पार्टी सही र कुन पार्टी गलत भनेर जनताले मूल्यांकन गर्ने बेला आइसकेको भन्दै चुनावमा जानुपर्ने उनले बताएका हुन्।

तर सत्ता गठबन्धन चुनावमा जान डराएको पनि बताए। उनले संसद् औचित्यविहीन भएकाले तत्काल निर्वाचनमा जानुपर्ने आफूहरुको माग भएको पनि स्पष्ट पारे। 

रायमाझीले आफ्नो पार्टीले उठाएका माग पूरा नभएसम्म संसद् अवरोध कायमै रहने पनि बताए। उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादा कायम गर्न नसकेको पनि टिप्पणी गरे।

उनले एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछिमात्रै आफूहरुको धारणा आउने बताए। उनले भने, ‘एमसीसीबारे हामीले बोल्नुपर्छ जस्तो लाग्दैन्। सरकारले आफ्नो स्थिति क्लियर गरोस्।’ 

देशको हितमा नभएका प्रावधान करेक्सन गरेर अघि एमसिसी अघि बढाउनुपर्छ भन्ने आफ्नो धारणा रहेको स्पष्ट पारे। उनले एमाले र माओवादी केन्द्रबीच हतारमा एकता गरिएको भन्दै गुनासो पोखे। तर, सत्ता स्वार्थमा लागेकाहरु मात्रै नेकपाबाट बाहिरिएको भन्दै अहिले पनि आफूहरु नेकपाकै निरन्तरताको अवस्थामा रहेको सुनाए।

नेकपा हुँदा सहमतिमै पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री केपी ओलीलाई बनाईएको र तीन वर्षसम्म सबै ठीकठाक चलेको पनि स्मरण गराए।

संविधानको पालना नहुने अवस्था आएपछि संसद् विघटन गरेर नयाँ ताजा जनादेशमा जाने कुरा संविधानको रक्षा भएकोले तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको पनि रायमाझीले स्मरण गराए। उनले भने,‘ताजा जनादेशमा जाने कुरा त लोकतन्त्रको रक्षा हो।’

हिजो केपी ओलीले संसदीय दल र केन्द्रीय कमिटीमध्ये एकमात्र ४० प्रतिशत हुने प्रावधानसहित अध्यादेश ल्याउँदा विरोध गर्नेहरुले आज २० प्रतिशतमा झारेर अध्यादेश ल्याएको भन्दै उनले आक्रोश पोखे। उनले सरकारले दुई महिनाको समय खेर फालेको टिप्पणी गरेका छन्। 

उनले अहिलेपनि मुलुक प्रतिगमनतर्फ जाने देखिएको खतरा औंल्याए। उनले अहिले मुलुकमा राजनीतिक एजेन्डा नभएको भन्दै अब विकास र समृद्धिको एजेन्डा नै रहेको पनि बताए।

उनले आफूहरु एमालेमा गएको भनेर प्रचार गरिएको भन्दै आफूहरु नेकपाकालीन निरन्तरतामै रहेको पनि स्पष्ट पारे।

सरकारले अर्को बजेट ल्याएकोमा पनि उनले दुःखेसो पोखे। उनले भने, ‘यसअघि केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटले जलन भएर अहिले प्रतिस्थापन विधेयक ल्याईएको छ, विकासका एजेन्डा काट्न मिल्छ ?

उनले मुलुकमा अब राजनीतिक क्रान्तिका एजेन्डा तत्काल नभएको भन्दै अब विकास र समृद्धिको एजेन्डालाई बोकेर हिँड्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्