बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने
बर्दिया, भदौ ३१ : बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ।
स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ।
जङ्गल वाक, र्याफ्टिङ र जिप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।
पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतिक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्नेलगायत मापदण्ड बनाइएको श्रेष्ठले बताए।
प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१