Kathmandu Press

चीनको सिचुआनमा भूकम्प : तीनको मृत्यु, ६० घाइते

सिचुआन, भदौ ३१ : चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ।भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीनजनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको...
चीनको सिचुआनमा भूकम्प : तीनको मृत्यु, ६० घाइते

सिचुआन, भदौ ३१ : चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ।

भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीनजनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ।

घाइतेहरु सबैलाई स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
 
देशको सिचुवान प्रान्तअन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो। भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले जनाएका छन्।

चिनियाँ भूकम्प प्रशासनले ८ सय ९० भन्दा बढी व्यावसायिक उद्धारकर्मीहरु परिचालन गरिएको र अन्य स्वयंसेवक तथा स्थानीय बासिन्दाहरु पनि खोजी तथा उद्धार कार्यमा खटिएको जनाइएको छ।  

त्यसैगरी अरु ४ हजार ६ सय उद्धारकर्ताहरु तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ।

प्रारम्भीक विवरणका अनुसार ७ सय ३७ घरहरु भत्कीएका छन भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ। त्यसैगरी ७ हजार २ सय ९० घरमा सामान्य क्षति भएको छ।

घरबाहेक अन्य भौितक संरचनाहरुमा पनि क्षति पुगेको देखिएको छ। खोजी तथा उद्धारसँगै क्षतिको विवरण संकलन गर्ने कार्य पनि भइरहेकाले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १४:२१ बजे, बिहीबार, भदौ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्