Kathmandu Press

एमाले सुन र हीराको पार्टी भएको एमाले नेता श्रेष्ठकाे दाबी

काठमाडौं, भदौ ३१ : काठमाडौं एमाले नेता कृष्णगोपाल श्रेष्ठले केही पित्तल झरेर र केही काँच फुटेर गएपछि आफ्नो पार्टी सुन र हीराको भएको बताएका...
एमाले सुन र हीराको पार्टी भएको एमाले नेता श्रेष्ठकाे दाबी

काठमाडौं, भदौ ३१ : काठमाडौं एमाले नेता कृष्णगोपाल श्रेष्ठले केही पित्तल झरेर र केही काँच फुटेर गएपछि आफ्नो पार्टी सुन र हीराको भएको बताएका छन्।

आज (बिहीबार) एमाले काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सबै पहेंला धातु सुन नहुने र हरेक चम्किला सिसा हीरा नहुने उल्लेख गर्दै उनले नेताकार्यकर्ताले सुन र हीरा छुट्ट्याउन सक्नुपर्नेमा जोड दिए।

‘हिरा हो कि सिसा हो भनेर छुट्याउने क्षमता तपाईंहरुसँग हुनुपर्छ। एमाले काँचको टुक्राहरुको पार्टी होइन। हिराहरुको पार्टी हो,’ उनले भने, ‘हिरा र सिसा छुट्याउने आँट तपाईंहरुसँग हुनुपर्छ।’

उनले एमालेलाई सतीसालको पार्टी भएको दाबी गरे। तर मुखले बोलेर मात्रै सतीसालको पार्टी नबनिने हुनाले प्रशिक्षणको जरुरी हुने उनको भनाइ थियो।

प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्