Kathmandu Press

प्रविधिको दुरुपयोगमार्फत हुने ठगीबाट बच्न साइबर ब्युरोको अनुरोध   

काठमाडौं, भदौ ३१ : प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्न अनुरोध गरेको छ।ब्युरोले सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा...
प्रविधिको दुरुपयोगमार्फत हुने ठगीबाट बच्न साइबर ब्युरोको अनुरोध   

काठमाडौं, भदौ ३१ : प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्न अनुरोध गरेको छ।

ब्युरोले सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

विगत केही समययता केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै त्यसबापतको रकम पाउन कर चुक्ता गर्न यति रकम चाहिने भन्दै बैंक तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृति बढिरहेको पाइएको ब्युरोको भनाइ छ।

त्यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्न ब्युरोले अनुरोध गरेको हो।

सामाजिक सञ्जाल भाइबर, वाट्सएप, इमोलगायत विभिन्न सामाजिक एपहरूमार्फत भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी हुने गरेको पाइएको उक्त ब्युरोले जनाएको छ।

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्