Kathmandu Press

बेलायतमा एकै दिन तीस हजार बढी कोरोना संक्रमित थपिए

लण्डन, भदौ ३१ : बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर वृद्धि भएको बताइएको छ। बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार यहाँ एकैदिनमा ३० हजार भन्दा बढी...
बेलायतमा एकै दिन तीस हजार बढी कोरोना संक्रमित थपिए

लण्डन, भदौ ३१ : बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर वृद्धि भएको बताइएको छ। बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार यहाँ एकैदिनमा ३० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

यहाँको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ३० हजार ५९७ जना नयाँ संक्रमित थपिएका हुन्। संक्रमित हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा निकै बढेको बताइएको छ।

यससँगै बेलायतमा कुल संक्रमितको संख्या ७३ लाख १२ हजार ३७१ पुगेको छ। यहाँ केही दिनयता खुकुलो गरिएको लकडाउनपछि संक्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो।

यसैगरी पछिल्लो २४ घन्टामा थप २०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्ला केही दिनमा यहाँ दैनिक मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको पाइएको छ। बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। 
 

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, भदौ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्