Kathmandu Press

एकीकृत समाजवादीको विधान मस्यौदा मैले बनाएको भन्ने हल्लामा कुनै सत्यता छैन : भीम रावल

काठमाडौं, भदौ ३१ : एमाले उपाध्यक्ष भीम रावलले आफूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको विधान मस्यौदा आफूले तयार पारेको भन्ने हल्लामा कुनै सत्यता...
एकीकृत समाजवादीको विधान मस्यौदा मैले बनाएको भन्ने हल्लामा कुनै सत्यता छैन : भीम रावल

काठमाडौं, भदौ ३१ : एमाले उपाध्यक्ष भीम रावलले आफूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको विधान मस्यौदा आफूले तयार पारेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन्।

डोटीमा आयोजित नेता तथा कार्यकर्ताहरुसँगको अन्तक्र्रियामा उनले बाहिरबाहिर एकीकृत समाजवादीको विधानको मस्यौदा आफूले तयार पारेको भनी हल्ला चलाइएको तर त्यो केवल हल्ला भएको बताएका हुन्।

उपाध्यक्ष रावलले पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेको स्पष्टीकरण पनि उनले दिएका छन्। एमालेको एकताका लागि आफूले अधिकतम प्रयास गरेको तर केही जोड नचलेको उनको भनाइ थियो।

व्यक्तिगत स्वार्थपूर्ति तथा पद प्राप्तिका लागि आफूले कहिल्यै राजनीति नगरेको र पार्टी फुटाउने पक्षमा पनि आफू कहिल्यै नउभिएको उनले बताए। 

उनले कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन हुनेमा कुनै शंका नभएको बताए। अध्यक्ष केपी ओलीले १० बुँदे सहमति पालना नगरेको भन्ने विश्लेषण भइरहेका बेला उनले १० बुँदे सहमति पालना हुनेमा आशंका गर्नुपर्ने ठाउँ नरहेको बताएका हुन्।

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्