Kathmandu Press

चीनको सिचुआनमा भूकम्प : तीन जनाको मृत्यु, ६० घाइते

चीनको सिचुआनमा भूकम्प : तीन जनाको मृत्यु, ६० घाइते

सिचुआन, भदौ ३१ : चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ। भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ। घाइतेहरु सवैलाई स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो। भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले जनाएका छन्। चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायीक उद्धारकर्मीहरु परिचालन गरिएको र अन्य स्वयमसेवक तथा स्थानीय बासिन्दाहरु पनि खोजी तथा उद्धार कार्यमा खटिएको जनाइएको छ।  

Hardik ivf

त्यसैगरी अरु चार हजार ६०० उद्धारकर्ताहरु तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ। प्रारम्भीक विवरणका अनुसार ७३७ घरहरु भत्कीएका छन भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ। 

त्यसैगरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ।

घर बाहेक अन्य भौितक संरचनाहरुमा पनि क्षति पुगेको देखिएको छ। खोजी तथा उद्धारसँगै क्षतिको विवरण संकलन गर्ने कार्य पनि भइरहेकाले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन। 

प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्