Kathmandu Press

सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छ : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, भदौ ३१ : संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौं नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ।संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख...
सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छ : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, भदौ ३१ : संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौं नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ।

संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन्। 

सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा बताएका हुन्।

यसअघिदेखि नै संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरुले सिरियाको उत्तर पश्चिमी क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताउँदै आएका थिए।

तर बुधबार संयुक्त राष्ट्रसंघमा ब्रिफिङका क्रममा सहयता प्रमुख गिरिफिथले यहाँ १ करोड १३ लाख मानिसमा यस्तो सहायता चाहिएको बताएका हुन्।

ती नागरिकहरु सिरियामा करिब एक दशकको समयमा द्वन्द्वको चपेटामा परेका छन्। जसका कारणले अहिले आएर आर्थिक संकट थपिएको छ।

उनीहरु खाना र बासकै समस्यामा परेका बताइएको छ। ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पुर्‍याउन सकिरहेको छैन। संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पछिल्लो समयमा त्यहाँ कोभिडको पनि समस्या उत्पन्न भएको छ । 

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो। सिरिया लामो समयदेखि हिंसा जारी छ।

यहाँका लाखौं नागरिक यस हिंसाका कारण विस्थापित पनि हुन पुगेका छन्। साथै ४ लाख भन्दा पनि बढी नागरिकले ज्यान गुमाउनुपरेको बताइएको छ।

प्रकाशित मिति: १२:१६ बजे, बिहीबार, भदौ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्