Kathmandu Press

आज चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ ३१ : आज देशका चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार...
आज चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ ३१ : आज देशका चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्र प्रभावले वर्षा हुने भएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले केही स्थानमा वर्षाको सम्भावना छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ। लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।

त्यस्तै, लुम्बिनी तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

केही दिनयता नियमित वर्षा भइरेको छ। जसले गर्दा पहाडी क्षेत्रमा पहिरो र खोलानालामा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०७:२० बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्