Kathmandu Press

पोखरामा शुक्रबारदेखि शैक्षिक संस्था खोल्न पाइने, रात्रिकालीन व्यवसायहरू पनि खुले

काठमाडौं, भदौ ३० : पोखरामा शुक्रबारदेखि भौतिक रूपमै शैक्षिक संस्थाहरू खुल्ने भएका छन् ।जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्तिमार्फत भोलिदेखि स्थानीय तहसँगको समन्वयमा...
पोखरामा शुक्रबारदेखि शैक्षिक संस्था खोल्न पाइने, रात्रिकालीन व्यवसायहरू पनि खुले

काठमाडौं, भदौ ३० : पोखरामा शुक्रबारदेखि भौतिक रूपमै शैक्षिक संस्थाहरू खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्तिमार्फत शुक्रबारदेखि स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न सकिने जनाएको हो ।

Hardik ivf

यद्यपी, सबै प्रकारका शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रकाशित कोभिड १९ संक्रमणको अवस्थामा शैक्षिक संस्था सञ्चालन गर्दा अपनाउनु पर्ने कार्यविधि अनुसार स्थानीय तहसँगको समन्वय गर्नुपर्ने प्रशासनको भनाइ छ ।

कोरोनाको जोखिम घट्दै गएपछि शुक्रबार ८ बजेदेखि लागु हुनेगरी प्रशासनले अन्य क्षेत्र पनि खुकुलो पारेको हो ।

अब पोखरामा होटल तथा रेस्टुरेन्टहरू स्वास्थ्य मापदण्ड अपनाएर राति साढे ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने नाचघर, क्लब, डान्सबार, दोहोरीसाँझ जस्ता रात्रीकालीन व्यवसायहरू पनि राति साढे १ बजेसम्म सञ्चालन गर्न सकिनेछ । 


 

प्रकाशित मिति: २०:४५ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्