कांग्रेसद्वारा थप ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक, १४ जिल्लाको बाँकी
बुधबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं, भदौं ३० : नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यो सँगै ६३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको र अब १४ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन मात्र बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ देखि शुरु भएको अधिवेशन ५७ जिल्लामा सम्पन्न भइसकेको छ । अधिवेशन हुन बाँकी जिल्लामा असोज ५ गते वडा अधिवेशनका हुने कार्यतालिका छ ।
प्रकाशित मिति: १९:४३ बजे, बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार