Kathmandu Press

माल्दीभ्समा नौ महिनामा ८ लाख पर्यटक भित्रिए

माले, भदौ ३० : माल्दीभ्समा यस वर्ष सन् २०२१ को अहिलेसम्म आठ लाखभन्दा बढी पर्यटक भित्रिएका छन्। पर्यटन मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार गत...
माल्दीभ्समा नौ महिनामा ८ लाख पर्यटक भित्रिए

माले, भदौ ३० : माल्दीभ्समा यस वर्ष सन् २०२१ को अहिलेसम्म आठ लाखभन्दा बढी पर्यटक भित्रिएका छन्। पर्यटन मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार गत जनवरी १ देखि सेप्टेम्बर १३ सम्ममा आठ लाख नौ हजार ७६४ जना पर्यटक भित्रिएको जनाएको छ।
अघिल्लो वर्ष सन् २०२० को तुलनामा १०४.४ प्रतिशतको दरले पर्यटकहरुको सङ्ख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन्। 

कोरोनाभाइरसको महामारीका कारण सन् २०२० मा तीन महिना माल्दीभ्सको सीमानाका बन्द गरिएको थियो। त्यही कारणले अघिल्लो वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको विश्लेषण गरिएको छ। मन्त्रालयका अनुसार सवैभन्दा धेरै अगस्ट महिनामा मात्रै एक लाख ४३ हजार ५९९ पर्यटक माल्दीभ्स भित्रिएका छन्। 

Hardik ivf

औसतमा दैनिक झण्डै चार हजार पर्यटक आउने गरको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। 

माल्दीभ्स भित्रिएका पर्यटकहरु मध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएको पनि तथ्याङ्कले देखाएको छ। कुल पर्यटक मध्ये २४.४ प्रतिशत पर्यटक भारतीय रहेको अधिकारीहरुले जनाएका छन्। त्यसपछि धेरै पर्यटक रुसका रहेका छन्। रुसबाट २०.४ प्रतिशत पर्यटक आएका छन्।

प्रकाशित मिति: १९:०६ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्