Kathmandu Press

५ किलो अवैध लागूऔषध चरेशसहित पक्राउ 

धादिङ, भदौ ३० : धुनिवेशी नगरपालिका ६ नौविसेस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा सुखिपुर...
५ किलो अवैध लागूऔषध चरेशसहित पक्राउ 

धादिङ, भदौ ३० : धुनिवेशी नगरपालिका ६ नौविसेस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका २ का १९ वर्षीय अर्जुन यादव रहेका छन्। 

शंकास्पद रुपमा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो। 

प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेश फेला पारी उनलाई पक्राउ गरेको हो। 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्