Kathmandu Press

प्रदेश १ को अधिवेशन असोज २२ गते डाक्न सिफारिस

विराटनगर, भदौ ३० : प्रदेश १ सरकारले असोज २२ गतेका लागि प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ।आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले उक्त दिनका लागि...
प्रदेश १ को अधिवेशन असोज २२ गते डाक्न सिफारिस

विराटनगर, भदौ ३० : प्रदेश १ सरकारले असोज २२ गतेका लागि प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले उक्त दिनका लागि अधिवेशन बोलाउन प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष सिफारिस गरेको हो।

Hardik ivf

उक्त दिन प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने तयारी गरेको स्रोतको भनाइ छ।

एमालेमा विभाजन आइ नेकपा एकीकृत समाजवादी गठन भएपछि त्यहाँका १० सांसदले एमाले परित्याग गरेका छन्।

एमालेका ५१ सांसदमध्ये १० जनाले एकीकृत समाजवादी पार्टी रोजेपछि एकल बहुमतमा सर।कार बनानएका मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन्। अहिले एमाले ४१ सांसदमा सीमित हुन पुगेको छ।

काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जना सांसद छन्। यस प्रदेशमा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्